बडिगाड गाउँपालिका अध्यक्षको पहिलो निर्णय : स्वास्थ्य बिमा गर्न छुट नागरिकको निशुल्क बिमा

सागर भण्डारी,बडिगाड । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पदबहाली ग्रहण गर्नुभएको छ । अध्यक्ष पदमा निर्वाचित भएपश्चात थापाले जेष्ठ ६ गते पद तथा गोपनियताको सपथ लिनुभएको थियो ।

अध्यक्ष पदको कार्यभार सम्हाल्दै थापाले ३ महत्वपूर्ण निर्णय समेत गर्नुभएको छ । जसअनुसार बडिगाड गाउँपालिकामा स्वास्थ बिमा गर्न छुट नागरिकको निशुल्क स्वास्थ्य बिमा गर्ने प्रथम निर्णय सार्वजनिक गर्नुभएको छ । गाउँबासीलाइ स्वास्थ्य बिमाको महत्व बुझाउने र स्वास्थ्य सेवाको सहज र सरल पहँच पुर्याउन यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै गाउँपालिका र प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गर्ने र बालविकास केन्द्रको व्यवस्थापन गर्ने निर्णय भएको थापाले बताउनुभयो । निर्णय सार्वजनिक गर्दै थापाले बडिगाड गाउँपालिकाको विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लाग्ने समेत बताउनुभय‍ो ।

उहाँले विगतको सरकारमा भएका महत्त्वपूर्ण र राम्रा कामहरुलाई अात्मसाथ गर्दै सामान्य नागरिकको जिवनस्तर परिवर्तन हुने खालका कार्यक्रमहरु अाफ्नो कार्यकालमा सञ्चालन हुने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस् – सप्तरी । विद्यानन्द चौधरी २५ वर्षकै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा चुनाव लडेका उनी २ हजार ८९५ मतका साथ निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १ हजार ७६६ मत पाए । ‘युवाकै अत्यधिक सहयोगमा निर्वाचित हुन सकेको छु,’ स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्दै गरेका गाउँपालिका अध्यक्ष चौधरी भन्छन्, ‘मलाई निर्वाचित गराउने यहाँका जनतालाई निराश हुन नदिने किसिमले काम गर्छु ।’

शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट ६ वर्षअघि राजनीति शुरु गरेका उनी गाउँपालिका अध्यक्ष बन्ने परिकल्पना गरेका थिएनन् । ‘अध्यक्ष नै बन्छु जस्तो लागेको थिएन, तर पार्टीले टिकट दिएपछि चुनाव लडें र अध्यक्ष बनें,’ उनले भने ।

चुनौतिका चाङ – अध्यक्ष र उपाध्यक्षबीच चलेको द्वन्द्वका कारण पछिल्लो ५ वर्ष छिन्नमस्ता गाउँपालिकामा काम नै हुन सकेको छैन । तत्कालीन अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषा कुमारी मण्डलको विवादका कारण लगातार दुई वर्ष त गाउँसभा नै भएन । समयमा तलव नपाउँदा कर्मचारी पटक–पटक आन्दोलनमा उत्रिए ।

गाउँपालिकाको समस्याबारे जानकार नवनिर्वाचित अध्यक्ष विद्यानन्द भन्छन्, ‘गाउँपालिकाका जनताले स्थानीय सरकारको अनुभूति गर्नै पाएका छैनन्, विकास त केही भएकै छैन ।’ आफ्नो पहिलो प्राथमिकता ट्रयाकभन्दा बाहिर गएको पालिकालाई ट्रयाकमा ल्याउने भएको उनले बताए । ‘त्यसपछि जनताका नियमित सिफारिस लगायतका कामहरुलाई घर–घरमा पुर्याउने, शिक्षा, स्वास्थ्य, पूर्वाधारका काम गर्ने सोच छ,’ उनले भने, ‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका सवाल र जनताले अनुभूति गर्नसक्ने तथा विकासलाई बलियो बनाउन मास्टर प्लान बनाएर काम गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय