हुम्ला – हुम्लामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।
सिमकोट गाउँपालिका-७ डाँडाफयाको जमुका नजिकै गएराति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय हुम्लाका प्रवक्ता एवं प्रहरी निरीक्षक सीताराम विष्टले जानकारी दिनुभयो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।

दुर्घटना राति भएकोले उद्धारमा केही समस्या भएको घटनास्थलमा पुगेका सशस्त्र प्रहरी बल हुम्लाका प्रमुख एवं डीएसपी मोहन विष्टले बताउनुभयो ।