नगरप्रमुख,उपप्रमुखसहित ७ वटा वडा जिताउछु भनेका काफ्लेले ५ वटा वडा जिताउन सफल भए
मुसिकोट, गुल्मी-नेकपा एमाले मुसिकोट नगर कमिटीका अध्यक्ष प्रकाश काफ्लेले आफ्नो तथ्यांकअनुसार काम गर्न सफल भएका छन । पार्टी फुटको सङ्घारमा रहेको बेला सन्चारकर्मीहरुसङ्ग कुरा गर्दै सतप्रतिशत सफलता हात पार्न नसकेपनि कम्तिमा ७ वटा वडासंगै नगरप्रमुख र उपप्रमुख जिताउने उद्घोष गरेका काफ्लेले नगरप्रमुख र उपप्रमुख सहित ५ वटा वडा भने जिताउन सफल भएका छन।
पार्टीको नगर अध्यक्षको निर्वाचनको बेला अहम भूमिका हुने भएकोले कठिन मोडमा पनि पार्टीलाई सहि दिशामा हिडाउन सक्ने नेता मानिएका उनलाई एमालेवृत्तमा कमान्डरजत्तिकै मानिएको छ । राजनीतिमा ठ्याक्कै भनेझै नहुने भएकोले ७ वटा वडा भनेपनि ५ वटा वडा भने जिताउन सफल भएका छन ।
५ दलिय गठबन्धनसङ्ग पार्टी फुटको सिकार भएको बेला अहिलेको सफलतालाइ पनि उच्च सफलता मानिएको छ । ९ वटा वडा रहेको मुसिकोटमा एमालेले ५ वटा वडा र नगरभरिमा बहुमत सदस्य जित हात पारेको छ । मुसिकोट ३ बडागाउमा एक वडाध्यक्ष र एक सदस्य,वडानम्बर ४ बडागाउमा एमालेको प्यानल नै बिजयी भएका हुन ।
वडानम्बर ५ आपचौरमा पनि एमालेले प्यानल नै जित हात पार्न सफल भयो,त्यस्तै वडानम्बर ६ कुर्घा र वडानम्बर ७ वामीमा पनि प्यानल नै जित हात पार्न सफल भयो । वडा नम्बर ८ वामीमा भने वडाध्यक्ष जित्न नसकेपनि सदस्यहरु भने सम्मानजनक मतले जित हात पार्यो । आफुले वडाध्यक्ष नजितेको वडानम्बर १ पौदिअमराइमा पनि ३ वटा सदस्य जित हात पारेर नगर कार्यपालिकामा बहुमत पुराएको छ ।
त्यस्तै निर्वाचनको बेला तयार पारेको नागरिकको अभिमत कसरि प्राप्त हुन्छ भन्ने पहिलै अनुमान गरेका काफ्लेले निर्वाचनको बेला सोहि अनुसार जनमत आफ्नो पार्टीले हात पारेको एमाले शुभचिन्तकहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय