मुसिकोटमा नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न

भुवन काफ्ले, गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाको आयोजनामा नव निर्बाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण तथा स्वागत र निबर्तमान जनप्रतिनिधिहरुको बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

सोमबार रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा नव निर्बाचित नगर उपप्रमुख, नौवटै वडाका वडा अध्यक्ष एबम सम्पूर्ण वडा सदस्यहरुले नव निर्बाचित नगर प्रमुख जिबलाल खरेल जीवन मार्फत सपथ लिएका हुन्। यसका साथै नव निर्बाचित नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष एबम सम्पुर्ण निर्बाचित सदस्यहरुलाई नगरपालिकाले स्वागत गरेको थियो।

यसैबीच नगरपालिकाले निबर्तमान, नगर प्रमुख, उपप्रमुख,वडा अध्यक्ष एबं सम्पूर्ण सदस्यहरुलाई ५ बर्षीय कार्यकाल सफलता पुर्बक सम्पन्न गर्नुभएकोमा धन्यवाद दिदै मायाको चिनो सहित उनीहरुलाई बिदाई गरेको छ।

सो अबसरमा निबर्तमान नगरप्रमुख सोमनाथ सापकोटा, नगर उपप्रमुख गंगा श्रेष्ठ , निबर्तमान नगर उपप्रमुख कमला शर्मा, नेकपा एमाले मुसिकोट नगर कमिटिका अध्यक्ष प्रकाश काफ्ले, नेपाली कांग्रेश मुसिकोट नगर कार्यसमितिका उपसभापति सन्तोष शाक्य, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रुपकलाल श्रेष्ठ लगायतले बोल्नु भएको उक्त कार्यक्रममा निर्बाचन अधिकृत दया शन्कर अधिकारि , विभिन्न राजनीतिक दलका प्रतिनिधि, वित्तीय तथा शैक्षिक सस्थाका प्रमुख एबम प्रतिनिधि, सुरक्षा कर्मी , पत्रकार, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्तिथी रहेको थियो।

नगरपालिकाका प्रशासकीय अधिकृत खिमानन्द भुसाललको स्वागत तथा शुभकामना रहेको उक्त कार्यक्रममा नगर प्रमुख जिबलाल खरेलको सभापतित्व र राजस्व बिभाग प्रमुख गोबिन्द कंडेलको संचालन रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय