काठमाण्डौको मत गणना अब अन्तिम चरणमा, बालेन शाह जीत नजिक

काठमाडौ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबैको ध्यान तानिरहेका छन् । मत गणना अब अन्तिम अन्तिम चरणमा समेत पुगेको छ ।

विहान १० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार १२७८३६ मत गनिसक्दा बालेनले ४५२८९ मत पाएका छन् ।एमाले उम्मेदवार केशव स्थापित अहिले तेस्रो स्थानमा पुगेका छन् उनले २५९५८ मत पाएका छन् भने कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले २६७८८ मत ल्याएकी छन् । बालेन शाह सिर्जना भन्दा १८४९१ धेरै मतले अघि रहेका छन् ।

यो पनि पढ्नुहोस् – तहको निर्वाचन हुनुअघि नै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन साहले ९०८३५ मत ल्याएर आफूले चुनाव जित्ने भन्दै क्यालकुटेरमा मत सार्वजनिक गरे ।

जुन उनका समर्थकले सामाजिक सञ्जालमा भाइरल बनाए । चुनाव भएको छैन, यति मतले जित्छु भनेर कन्फिडेन्सका साथ बालेनले किन भने ? भन्ने विषय सर्वत्र चासोको विषय बन्यो ।उनले विभिन्न मिडियामा दिएको अन्तर्वार्तामा पनि त्यही कुरा पटक पटक दोहोर्याए । तर, कांग्रेस, एमालेका कुनै पनि नेताले त्यसको वास्ता गरेनन् ।

अर्थात् बालेनले चुनाव जित्छु भनेर ढुक्कका साथ भनिरहँदा पनि उनले किन त्यसो भने भनेर खोज्न र अध्ययन गर्न नचाहेकै कारण अहिले कांग्रेस र एमालेका उम्मेदवार पछि परेका छन् ।

बालेनले ४२ हजारभन्दा बढी मत ल्याइसकेका छन् । उनले कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई १७ हजारभन्दा बढी मतले पछि पारेका छन् । अहिलेकै भोट प्याटर्न हेर्दा बालेनले ९०८३५ मत ल्याउन नसक्ने स्पष्ट छ ।

उनले ६५ हजार मत ल्याएर चुनाव जित्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकामा तीन लाख मतदाता छन् । बालेन चुनावअघिदेखि नै काठमाडौंका मतदाताको अध्ययन गर्न थालेका थिए ।

स्रोतका अनुसार बालेनले सबै मतदातालाई भन्दा पनि युवालाई टार्गेट बनाए । काठमाडौंको कोर एरियालाई भन्दा बाहिरी मतदातालाई प्राथमिकता दिए । जसमा एक लाखभन्दा बढी युवायुवती भएको उनले पाए ।

तिनै मतदातालाई लक्षित गर्दैै चुनावी क्याम्पेन सुरु गरे । सबैलाई सामाजिक सञ्जालमार्फत भोट मागे । विदेशमा रहेका युवायुवतीलाई पनि आफ्ना काठमाडौंमा रहेका मतदाता आमाबाबुलाई भोट हाल्न क्याम्पेन गरे ।

जुन अहिले उनले पाइरहेको मतले पनि पुष्टि गरेको छ । यदि स्थानीय निर्वाचनमा सवा दुई लाख मत खसेको भए बालेनले ढुक्कले ९०८३५ मत ल्याउने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय