यस्ता छन कांग्रेसको आकस्मिक बैठकले गरेका निर्णय (विज्ञप्तिसहित)

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको निष्कर्ष निकाल्दै सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्ने क्रममा तनहुँमा प्रहरीले पक्राउ गरेपछि आक्रोशित कांग्रेसले शुक्रबार पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक गरेको छ । बैठकले सरकारविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

‘वर्तमान कम्युनिस्ट सरकार निरन्तर रूपमा दमन, भ्रष्टाचार र कोभिड–१९ को अव्यवस्थापनको पर्यायवाची बनेको छ । यी विषयहरुमा नेपाली कांग्रेसले निरन्तर रुपमा सरकारलाई खबरदारी गर्दै आएको छ । यसका बाबजुद देशमा यी प्रवृत्तिहरू घट्नुको साटो बढ्दो छ,’ बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस एकातर्फ कम्युनिष्ट सरकारको अधिनायकवादी चिन्तन र ब्यवहारका विरुद्ध संघर्षरत छ भने अर्कातर्फ प्रतिगमनका आकांक्षाहरू र सबै खाले भ्रष्टाचार एवं बेथिति विरुद्धमा एक ढिक्का रहेर सडकदेखि संसदसम्म प्रस्तुत हुन लाग्दैछ । बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बद्र्धन नेपाली कांग्रेसकै ऐतिहासिक अभिभारा रहेकोे तथ्यमा हामी प्रस्ट छौं ।’

nc12.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय