काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट। अझै ६२ हजार मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् ।

तर सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन् ।

काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

यो पनि पढ्नुहोस  -तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काले मतान्तर बढाएका छन् ।

तुलसीपुरमा ४६ हजार २४४ मत गणना भइसक्दा खड्काले मतान्तर बढाएर १७५७ मतले कांग्रेसका गेहेन्द्र गिरीलाई पछाडि पारेका छन् । खड्काले १९ हजार ६९९ मत ल्याएका छन् भने गिरिले १७ हजार ९४२ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कामय गर्दै लगेकी छन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मदेवार जोगबहादुर रानालाई ५८०९ मतान्तरले पछाडि पारेकी छन् ।

स्यानीले १९ हजार ११५ मत प्राप्त गर्दा रानाले १३ हजार ३०६ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय