यस्तो छ विद्यासुन्दर र सुनिता डंगोलको वडाको मत परिणाम

काठमाडौं । काठमाडौंमा यसअघि एमालेबाट मेयर जितेका विद्यासुन्दर शाक्य र अहिलेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको वडाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ ।

कोर एरिया’ मानिने वडा नम्बर २१ को एक हजार मतगणना हुँदा एमालेका मेयर उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन् ।उक्त वडामा स्थापितले ३७३ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २५५ मतसहित दोस्रो स्थानमा छिन् । 

स्वतन्त्र उम्मेदवार बालेन साह भने २२३ मत ल्याएर तेस्रो स्थानमा छन् । गणना भएको कुल मतमा भने बालेन साह निकै अगाडि छन् ।

यो पनि पढ्नुहोस -काठमाडौं । तनहुँको व्यास नगरपालिकामा एमाले र गोविन्दराज जोशी समूहको गठबन्धनबाट कैंची चुनाव चिह्न लिएर चुनाव लडेका दिपकराज जोशीलाई हराउँदै नेपाली कांग्रेसका वैकुण्ठनाथ न्यौपाने मेयरमा विजयी भएका छन्।

वैकुण्ठले १२ हजार ७८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी जोशीले ११ हजार ८२६ मत पाए।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै इन्दिरा दरै निर्वाचित भइन्। उनले १२ हजार ४९८ मत पाइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसुन्धरा घर्तीले १० हजार ४३ मत पाइन्। न्यौपाने यसअघि पनि व्यासका मेयर थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय