काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्थे केशव स्थापित, तेस्रो स्थानमा पुगे

काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै छैन भन्थे केशव स्थापित, तेस्रो स्थानमा पुगे

काठमाडौं – काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित निर्वाचनअघिसम्म आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको भन्दै भाषण गर्थे । मिडियामा अन्तर्वार्ता दिन्थे । तर, मतगणना जारी रहँदा स्थापित पहिलो होइन, तेस्रो स्थानमा खुम्चिएका छन् ।

काठमाडनैं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ४० हजार ६ सय पाँच मत प्राप्त गरेका छन् ।

उनी १७ हजार दुई सय ७१ मतले अगाडि छन् । पछिल्लो मत परिणामअनुसार काठमाडनैं महानगरमा एक लाख १४ हजार आठ सय पाँच मत गन्दा साहले ४० हजार ६ सय पाँच मत पाएका हुन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार तीन सय ३४ मत प्राप्त गरेकी छन् । एमालेका केशव स्थापितले २२ हजार पाँच सय ३६ मत पाएका छन् ।

कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा सात सय ९८ मतले अगाडि छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय