यस्तो छ काठमाडौंका १५ वटा वडाको नतिजा

काठमाडौं । काठमाडौंको मेयर उम्मेदवारमा स्वतन्त्र उम्मेदवार बालेन साह जिततर्फ लम्किरहँदा वडाध्यक्षको प्रतिस्पर्धामा कांग्रेस र एमालेको कडा टक्कर छ ।

सुरुमा मत परिणाम घोषणा भएका वडाहरुमा लगातार एमाले उम्मेदवार विजयी भएका थिए भने अहिले कांग्रेसले एमालेलाई उछिनेको छ । भर्खरै वडा नम्बर २४ को वडाध्यक्ष जित्दै कांग्रेसले एमालेलाई उछिनेको हो ।यस वडामा कांग्रेसका विनोदकुमार राजभण्डारी १११२ मतसहित विजयी भए । उनले ११२२ भोट ल्याउँदा एमालेका प्रतिस्पर्धी सुजनविलास बज्राचार्यले ९५५ मत प्राप्त गरे ।

मेयरमा भने यस वडामा सबैभन्दा बढी एमालेलाई भोट खसेको छ । स्थापितले ९१० भोट ल्याउँदा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंहले ७६० भोट ल्याएकी छन् ।यस्तै स्वतन्त्र उम्मेदवारहरु बालेन साह र सुमन सायमीको क्रमशः ६०२ र ३८० भोट आएको छ ।

हालसम्म काठमाडौंका १५ वटा वडाको मतगणना सम्पन्न हुँदा ८ वटा वडामा कांग्रेस र ७ वटामा एमाले उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ६, ७, ८, २४, २७, २८, २९ र ३० कांग्रेसको पोल्टामा परेको छ भने वडा नम्बर १, २, ३, ४, ५, ३१, र ३२ मा एमालेले जित हासिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय