काठ!माडौं । काठमाडौंको कोर एरियामा पर्ने अर्को वडाको मतगणना सुरु भएको छ । वडा नम्बर ११ को प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना श्रेष्ठ अगाडि छन् ।


हालसम्म १०० वटा मत गणना सकिएकोमा सिर्जनाले ४३ मत ल्याएकी छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन साहले २२ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको ३ भोट मात्र आएको छ । यो वडा त्रिपुरेश्वर क्षेत्रमा पर्छ ।

उपमेयरको मतगणनामा भने एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । उनले २५ मत ल्याउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १० भोट ल्याएका छन् ।

यो पनि पध्नुहोस-डोटी । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।

बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘दुर्घटना आसपासका क्षेत्रमा सबै खोजी गर्दा भेटिएन,’ प्रवक्ता भट्टले भने ‘दुर्घटना भएको बस सेती नदी किनारैमा पुगेको हुँदा नदीमा बेपत्ता भएको अनुमान छ ।’

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here