काठमाडौं । काठमाडौं महानगरपालिका- २७ मा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहभन्दा एमाले उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता बनाएका छन् । ‘कोर एरिया’ भनेर चिनिनेमध्येको यो पनि एक वडा हो ।


यहाँ अहिलेसम्म २ हजार ७१७ मत गणनामा स्थापितले ८०४ मत पाएर अग्रता बनाएका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले ६९५ मतका साथ पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार शाहले ४३८ मत प्राप्त गरेका छन् । यहाँ अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको आँखिझ्यालले ३१७ मत बटुेको छ ।

कोर एरियाभित्रकै अर्को वडा नम्बर २५ मा पनि स्वतन्त्र उम्मेदवार बालेन तेस्रो नम्बरमा छन् । जहाँ अर्का स्वतन्त्र उम्मेदवार सायमीको आँखिझ्यालले अग्रता लिइरहेको छ ।

हालसम्म १ हजार ९६५ मतको गणनामा आँखिझ्यालमा ४७३ मत परेको छ भने उनलाई एमाले उम्मेदवार स्थापितले ४५२ मतका साथ पछ्याइरहेका छन् । यहाँ बालेनको २९४ मत पर्दा कांग्रेसकी सिर्जना सिंहले २६७ मत प्राप्त गरेकी छन् ।

यो पनि पध्नुहोस – सिंहभन्दा बालेन १५ हजार ६८१ मतले दोस्रो स्थानमा
यो पनि पध्नुहोस – डोटी । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार दुर्घटनामा अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता छन् ।

बस सेती नदीको किनारमा पुगेका कारण बालक नदीमा बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ । ‘दुर्घटना आसपासका क्षेत्रमा सबै खोजी गर्दा भेटिएन,’ प्रवक्ता भट्टले भने ‘दुर्घटना भएको बस सेती नदी किनारैमा पुगेको हुँदा नदीमा बेपत्ता भएको अनुमान छ ।’

दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइतेहरुलाई धनगढी रिफर गरिएको भट्टले जानकारी दिए । ८ जना सामान्य घाइते भएका छन् । सामान्य घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।

बस चालक फरार छन् । उनको खोजी भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here