उपमहानगरपालिकामा कांग्रेसको बिजयी शुरुवात : नेपालगञ्जमा प्रशान्त विष्ट निर्वाचित

काठमाडौँ – नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। विष्ट गठबन्धनका उम्मेदवारसमेत हुन्।

उनले २३ हजार ४६० मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे। राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले ७ हजार ५९८ मत पाए यस्तै उपप्रमुखमा गठबन्धनमा आबद्द जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भए।

२३ वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा मतगणनाको सुरुवात देखिनै फराकिलो मतान्तरले अगाडि रहेका विष्ट र राई नै विजयी हुने आँकलन थियो यो पनि पढ्नुहोस् – काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । तर सिफ्टमा काम गर्ने कर्मचारीले भने प्राधिकरणले तोकेको सिफ्ट समय अनुसार साताको ६ दिन नै ड्युटी गर्नुपर्ने नियम बनेको छ ।

प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले प्राधिकरण मातहतका निकायलाई पत्राचार गर्दै बिदाबारे निर्णय जानकारी गराएका छन् । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुसार त्रिभुवन विमानस्थलले स्लट व्यवस्थापन गरी कार्यान्वयन थालेको हो ।

विमानस्थलको अपरेसन समय २४ घण्टा सञ्चालन गर्दा प्रतिसिफ्ट ड्युटी समय साढे ६ घण्टा तोकिएको छ । यसरी सिफ्ट कायम गर्दा बिहान ६ बजेबाट दिउँसो साढे १२ बजेसम्म पहिलो सिफ्ट तोकिएको छ । दिउँसो साढे १२ देखि साँझ ७ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ । साँझ ७ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म तेस्रो सिफ्ट तोकिएको छ ।

तेस्रो सिफ्टमा तोकिएको साढे ६ घण्टाभन्दा बढी हुन आउने अतिरिक्त समयका लागि भने अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने गरी प्राधिकरणले ड्युटी आवर तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय