पूर्वसांसद र निवर्तमान मेयरलाई हराउँदै धनगढीमाईको मेयरमा एमालेका महतो विजयी

जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा शिवशंकर महतो ७ हजार ५६ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादव र निवर्तमान मेयर हरिनारायण चौधरीलाई पराजित गरेका हुन् ।

महतोको निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका यादव ७ हजार ५६ मत पाए । यस्तै निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरी मात्र ४ हजार ३६९ ल्याए ।

मेयरमा विजयी महतो नेकपा एमालेका जिल्ला सचिव हुन् । २०७४ को निर्वाचनमा उनी माओवादीका चौधरीबाट पराजित भएका थिए ।

यस्तै उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी ६ हजार ६१३ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी शोभा कुमारी वराल ६ हजार ३७८ मत पाइन्।

यो पनि पढ्नुहोस् – काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याएको छ । तर विमानस्थलहरुमा सिफ्टमा काम गर्ने कर्मचारीले भने ६ दिन नै ड्युटी गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नियम बनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साविकमा १० देखि ५ बजे (जनरल ड्यूटी)सम्म काम गरिरहेका कर्मचारीलाई मात्र साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । तर सिफ्टमा काम गर्ने कर्मचारीले भने प्राधिकरणले तोकेको सिफ्ट समय अनुसार साताको ६ दिन नै ड्युटी गर्नुपर्ने नियम बनेको छ ।

प्राधिकरणका निर्देशक विनोदप्रसाद न्यौपानेले प्राधिकरण मातहतका निकायलाई पत्राचार गर्दै बिदाबारे निर्णय जानकारी गराएका छन् । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । सोहीअनुसार त्रिभुवन विमानस्थलले स्लट व्यवस्थापन गरी कार्यान्वयन थालेको हो ।

विमानस्थलको अपरेसन समय २४ घण्टा सञ्चालन गर्दा प्रतिसिफ्ट ड्युटी समय साढे ६ घण्टा तोकिएको छ । यसरी सिफ्ट कायम गर्दा बिहान ६ बजेबाट दिउँसो साढे १२ बजेसम्म पहिलो सिफ्ट तोकिएको छ । दिउँसो साढे १२ देखि साँझ ७ बजेसम्म दोस्रो सिफ्ट तोकिएको छ । साँझ ७ बजेबाट भोलिपल्ट बिहान ६ बजेसम्म तेस्रो सिफ्ट तोकिएको छ ।

तेस्रो सिफ्टमा तोकिएको साढे ६ घण्टाभन्दा बढी हुन आउने अतिरिक्त समयका लागि भने अतिरिक्त भत्ता सुविधा उपलब्ध गराउने गरी प्राधिकरणले ड्युटी आवर तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय