स्थापितले भोट हालेको वडा कांग्रेसले जित्यो, बालेनलाई भन्दा स्थापितलाई ३९ भोट बढी

काठमाडौं । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको काठमाडौंकाे २८ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी भएकाे छ ।

कांग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत ल्याए । यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४, एमालेका केशव स्थापितले ७७३ र कांग्रेसकी सिर्जना सिंहले ७१० मत पाइन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । जारी मतगणनामा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहसँग भारी मतले पछाडि परेका एमालेका केशव स्थापितले मतान्तर घटाउन थालेका छन् ।

दोब्बर मतले पछाडि पर्दै आएका स्थापितले काठमाडौं– २७ को मत गणना हुन थालेपछि मतान्तर घटाएका हुन् ।

पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २६६०१, एमालेका केशव स्थापितले १४३८६ र कांग्रेसकी सिर्जना सिंहले १३४०८ मत पाएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोल निकै अगाडि छन् । उनले २६५७५ मत पाउँदा गठबन्धनका उम्मेदवार नेकपा एसका रामेश्वर श्रेष्ठले ८५९१ मात्रै मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय