सागर भण्डारी, गुल्मी/ नब खबर
नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीको भवन शिलन्यास गरिएको छ ।
लुम्बिनी प्रदेशका सांसद खड्क केसीले एक कार्यक्रमकाबीच भवनको शिलन्यास गर्नुभएको हो । सिलन्यास कार्यक्रममा बोल्दै केसीले रेडक्रस जस्तो सहयोगी संस्थाका कारण विपदमा परेका कयौँ नागरिकको उद्धार भएको बताउनुभयो । साथै उहाँले वामी दानबिरहरुले भरिएको ठाउँ रहेको भन्दै रेडक्रसको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सम्पूर्ण जग्गादाता तथा चन्दातादाहरुमा आभार व्यक्त गर्नुभयो । भवन निर्माणका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । फरक प्रसगंमा केसीले केन्द्र सरकारमा रहेका व्यक्तिहरु कुर्चीका लागि लड्नु घातक रहेको बताउनुभयो ।
रेडक्रसको भवन निर्माणका लागि मुसिकोट नगरपालिकाले नगद ५ लाख रुपैयाँ विनियोजन गरेको छ । स्थानीय समाजसेवी टिकाराम काफ्ेले भवन निर्माणका लागि १ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराउनुभएको थियो । भवन शिलन्यासको अवसर पारेर काफ्ेले भवन निर्माणका लागि समेत नगद ३ लाख रुपैयाँ प्रदान गर्नुभएको छ । त्यस्तै संस्थाका सभापति भुवन केसी तथा उहाँकी धर्मपत्नी तुल्सी केसीले १ लाख १ हजार, संस्थाका पूर्व उपाध्यक्ष डिलाराम खरेलले नगद रु २५ हजार, समाजसेवी पूर्णलाल आचार्यले नगद २५ हजार, त्यस्तै समाजसेवी अग्नीधर लोहोनीले २५ हजार ५ सय २५, मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ेले नगद रु ५ हजार १ सय, स्थानीय गगां बहादुर केसीले ५ हजार, ईश्वरी मोक्तानले २ टॅक्टर ढुगां उपलब्ध गराउने बताउनुभएको छ । त्यस्तै त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ६ कुर्घाका प्रधानाध्यापक जीत बहादुर रायमाझीले नगद २ हजार ५ सय २५ रुपैयाँ सहयोग गर्नुभएको छ । भवन निर्माणका लागि नगरपालिकाको ५ लाख रुपैयाँ र आज सकंलित २ लाख रुपैयाँ तथा अन्य सहयोग सकंलन गरेर यही असार सम्म निर्माण सम्पन्न गर्ने बताईएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा वामीका सभापति भुवन केसीको अध्यक्षता रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद खड्क केसीको प्रमुख आतिथ्यता र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीका सभापति राजेन्द्र प्रसाद श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै जग्गादाता टिकाराम काफ्े, मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषाल, मुसिकोट नगरपालिका वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्े, ८ का नारायण सापकोटा, ९ का अध्यक्ष नरेशराज खरेल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीका कोषाध्यक्ष ज्ञानहरी सापकोटा, उपमन्त्री महेन्द्र भण्डारी, सदस्य ईश्वरी पौडेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर सचिव अग्नीधर लोहोनी, नेपाली काँग्रेस मुसिकोट सभापति सुदर्शन शाक्य, रेडक्रसका आपतकालीन स्वास्थ्य परियोजना सयोंजक रोशन सिहं ठकुरी लगायत स्थानीय सघं संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाल रेडक्रस सोसाईटी वामी उपशाखा पूर्व उपसभापति डिलाराम खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव भिमसेन केसीले गर्नुभएको थियो ।