जनताको सिपाही भएर काम गर्छौँ – नवनिर्वाचित अध्यक्ष थापा

सागर भण्डारी,बागलुङ । बडिगाड गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गण्डकी थापा अधिकारीले आफुहरु जनताको सिपाही भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सम्पन्न विजयी र्याली एवम् कोणसभालाई सम्बोधन गर्दै थापाले आफुहरुलाई जनताले सेवा गर्ने अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्दै जनमतको सम्मान गर्दै जनताको सेवक भएर काम गर्ने बताउनुभएको हो ।

बडिगाड २ खर्बाङमा सम्पन्न कोणसभामा बोल्दै थापाले २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजय पश्चात आफु जनताकै सेवामा लागेकाले यसपल्ट जनताले गाउँपालिकाको साँचो आफुहरुलाई सुम्पिएको बताउनुभयो ।

बडिगाड गाउँपालिकालाई जिल्लाका अन्य स्थानीय तह भन्दा नमुना, अब्बल र समुन्नत गाउँपालिकाको रुपमा विकास गर्ने गरी आफुहरुले घोषणा पत्र र गठबन्धनको तर्फबाट सकंल्पपत्र तैयार गरेको भन्दै सोही अनुसार सबैको प्रतिनिधित्व हुने र सबैलाई समेट्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

“मध्यपहाडी लोकमार्गको छेउछाउको बजार क्षेत्र मात्रै होईन्, गाउँका दुर दराजका जनताहरुको सेवामा खट्छौँ,थापाले भन्नुभयो – सबै ठाउँका नागरिकको न्याय हुने गरी काम गर्नेछौँ ।” नागरिहरुले निस्वार्थ भावले आफुहरुलाई विजयी गराएको भन्दै उहाँले गाउँपालिकाको सेवा प्रवाह सरल र सहज एवम् जनमुखी बनाउन सधै तत्पर रहने धारणा व्यक्त गर्नुभयो ।

महिला,युवा,दलित,जनजाति,अपागं एवम् सबै वर्ग र समुदायको अपनत्व हुने गरी आफुहरुले काम गर्ने भन्दै थापाले जनताले दिएको जिम्मेवारी एक ईन्च पनि पछाडी नहटी पुरा गर्ने बताउनुभयो ।

प्राविधिक कारणले केही वडामा उम्मेदवारहरुले पराजय भोग्नुपरेपनि सबैलाई समेटेर अगाडी जाने भन्दै थापाले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सम्पूणर्लाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय