बालेनभन्दा झण्डै चारगुणा बढी मतले स्थापित अगाडि, सिर्जना र सुमन पछिपछि

काठमाडौं । काठमाडौंको वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।

प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

यस वडामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि उल्लेख्य भोट ल्याइरहेका छन् । चौंथो स्थानमा रहेका उनको चुनावचिन्ह आँखिझ्यालमा अहिलेसम्म ३१ भोट आइसकेको छ ।

वडा नम्बर ८ मा सिर्जना अगाडि – यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता बढाउँदै लगेका छन् ।

आजबाट अग्रता लिनथालेका उनले सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई निरन्तर पछाडि पार्दै लगेका छन् ।

लौरो चुनाव चिन्ह पाएका उनले पछिल्लो मत परिणाम अनुसार अग्रता फराकिलो बनाएका छन् । पछिल्लो ३२ हजार ७३५ मतगणनाको परिणाम अनुसार साङपाङको लौरोले ९ हजार ५४६ मत प्राप्त गरेको छ । उनलाई पछ्याइरहेका कांग्रेसका राईले मत ९ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले ७ हजार ४०६ मत प्राप्त गरेकी छन् ।

उपमेयर तर्फ सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्र बेघाले १० हजार ४०७ मत प्राप्त गर्दा नेकपा एमालेका पदम लिम्बुले ९ हजार ९२८ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय