काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा हालसम्म कुल ६१ हजार ३१५ मत गणना भएको छ ।

यसमध्ये बालेन शाहले २४ हजार ३२४ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले १२ हजार ५७३ मतका साथ पछ्याइरहेका छन् । यस्तै सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ९३ मतसहित तेस्रो स्थानमा छिन ।

यो पनि पढ्नुहोस् – काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता बढाउँदै लगेका छन् ।

आजबाट अग्रता लिनथालेका उनले सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई निरन्तर पछाडि पार्दै लगेका छन् ।

लौरो चुनाव चिन्ह पाएका उनले पछिल्लो मत परिणाम अनुसार अग्रता फराकिलो बनाएका छन् । पछिल्लो ३२ हजार ७३५ मतगणनाको परिणाम अनुसार साङपाङको लौरोले ९ हजार ५४६ मत प्राप्त गरेको छ । उनलाई पछ्याइरहेका कांग्रेसका राईले मत ९ हजार २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारीले ७ हजार ४०६ मत प्राप्त गरेकी छन् ।

उपमेयर तर्फ सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अइन्द्र बेघाले १० हजार ४०७ मत प्राप्त गर्दा नेकपा एमालेका पदम लिम्बुले ९ हजार ९२८ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय