आफ्नै वडामा पछि परे स्थापित, बालेनको भोट २० हजार बढी

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । 

५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।

मतगणना जारी काठमाडौंको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आयो ।

यो पनि पध्नुहोस –  काठमाडौं । ललितपुर महानगरपालिका– १० मा ११ औं पटक वडा अध्यक्ष बन्न उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बनेर लिड गरिरहेका बालेन साहले ‘राजनीतिक गुरु’ मानेका व्यञ्जनकार २८२ मतान्तरले पराजित भएका हुन् ।

उनले ५४३ मत ल्याए भने प्रतिस्पर्धी कांग्रेसका रवीनमान व्यञ्जनकार निर्वाचित भए ।

नरसिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर यसअघि १० पटक यहाँको वडा अध्यक्ष भइसकेका छन् ।

बालेन साह हिजो व्यञ्जनकारको मतगणनामा प्रतिनिधि बस्न ललितपुर गएका थिए । तर उनलाई निर्वाचन आयोगका कर्मचारीले प्रतिनिधि बस्न दिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय