यु डब्लु एस नेपालद्वारा साझेदार बिद्यालयलाई फेलो शिक्षक हस्तान्तरण कार्यक्रम सम्पन्न

कृष्ण भट्टराई गुल्मी ,५ जेठ २०७९ युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाले संस्थामार्फत तालिमप्राप्त फेलो शिक्षकहरु गुल्मी जिल्लाका विभिन्न साझेदार बिद्यालयलाई हस्तान्तरण गरेको छ।

साझेदार बिद्यालयका प्रधानाध्यापक, फेलो शिक्षक तथा संस्था प्रतिनिधिसहित होटल कलश तम्घास गुल्मिमा एक कार्यक्रमका बिच फेलो शिक्षक हस्तान्तरण गरिएको हो।

फेलो शिक्षक हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लाका साझेदार बिद्यालयहरु-यु डब्लु एस साउनेथुम का प्रधानाध्यापक तुल्सिराम मरासिनी,यु डब्लु एस वाग्ला का प्रधानाध्यापक मुक्तिराम पराजुली,यु डब्लु एस इस्माका प्रधानाध्यापक बाबुराम खत्री ,यु डब्लु एस जैसिथोकका प्रधानाध्यापक हरि प्रसाद घिमिरे ,उपल्लो तम्घास मा बि का स.प्रधानाध्यापक बाबुलाल मरासिनी ,यु डब्लु एस हिले का स.प्रधानाध्यापक चन्द्र अर्याल, भार्से मा.वि.का शिक्षक मदन मरासिनी ,यु डब्लु एस साउनेथुमका स. प्रधानाध्यापक बलराम मरासिनी लगाएतको उपस्थिती रहेको थियो ।त्यसैगरी युनाइटेड वर्ल्ड स्कुल्स नेपालको तर्फबाट गुल्मी शाखा शिक्षा अधिकृत अनुज सिग्देल स्कुल मोविलाइजर मिना बोहोरा ,मेनुका अर्याल अनिल बि.क लगाएत उपस्थित हुनुभएको थियो।

कार्यक्रममा सुबिना ढुङ्गानाले स्वागत मन्तब्य तथा आफ्नो अनुभव सेयरिङ्ग गर्नु भएको थियो भने भार्से मा बि का शिक्षक मदन मरासिनी र यु डब्लु एस हिले का सहायक प्रधानाध्यापक चन्द्र अर्यालले फेलो शिक्षकले समुदायमा पारेको प्रभावको अनुभव सेयर गर्नुभएको थियो।

नयाँ साझेदार बिद्यालयले फेलो शिक्षकबाट राखेको अपेक्षाको बारेमा उपल्लो तम्घास मा बि का सहायक प्रधानाध्यापक बाबुलाल मरासिनिले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो।फेलो शिक्षक हस्तान्तरण कार्यक्रममा बिद्यालयको शैक्षिक गुणस्तर सुधार ,बिद्यालय छाड्ने बालबालिकाको समस्या रोकथाम ,सुरक्षित तथा बालमैत्री वातावरणमा सिकाइ,पुस्तकालय पिरियड तथा प्रत्यक कक्षामा अध्यापन तालिका निर्माण,कक्षाकोठा सजावट,फेलो शिक्षक,प्रधानाध्यापक ,स्टाफ र समुदायको सहयोगमा सहकार्यलाइ निरन्तरता लगायत बिषयमा छलफल गरिएको यु डब्लु एस नेपाल गुल्मी शाखाले जानकारी दिएको छ।

फेलो शिक्षक हस्तान्तरण मार्फत सुविना ढुङ्गाना यु डब्लु एस पन्चमिपोखरी,आश्रीया के सि यु डब्लु एस ईस्मा,निता आचार्य यु डब्लु एस हिले,मोनिका तामाङ र बबिता पोखरेल यु डब्लु एस भार्से,रितु चुन्याहा यु डब्लु एस उपल्लो तम्घास ,तिर्सना गाहा यु डब्लु एस जैसिथोक,रिना गुभान्जु यु डब्लु एस साउने थुम ,नरेन्द्र बोहोरा ,छिरिङ नेटुप लामा यु डब्लु एस वाग्ला रहनुभएको छ।बिद्यालयमा गुणस्तरीय शिक्षाको अवधारणा प्रस्तुतिकरणको लागि युनाइटेड वर्ल्ड स्कुल्स नेपालले साझेदार बिद्यालयमा तालिमप्राप्त फेलो शिक्षक उपलब्ध गराउदै आएको संस्थाका गुल्मी शाखा शिक्षा अधिकृत अनुज सिग्देलले बताउनुभयो।फेलो शिक्षक मार्फत सस्थाको जिम्मेवारी हस्तान्तरण गरि पठाइएको सिग्देलले स्पस्ट पार्नुभयो।

फेलो शिक्षक हस्तान्तरण कार्यक्रम युनाइटेड वर्ल्ड स्कुल्स नेपालका गुल्मी शाखा अधिकृत अनुज सिग्देलको अध्यक्षता तथा स्कुल मोविलाइजर मिना बोहोराको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय