सत्ता गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी

 दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित भएका छन् ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा (डायमण्ड)लाई ५ हजार ३३० मतले हराउदै विजयी भएका हुन् । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गरे । चाैधरीले ०७४ काे निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराएका थिए ।

सुरुको चरणमा मतगणना गर्दा गठबन्धनका शर्माले चौधरीलाई ४ सयको मतान्तरले पछाडि पारेका थिए । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लगेका थिए ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी झिनो मतले विजयी भएकी छन् । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भइन् । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गरे ।

डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । नगरउपप्रमुखमा पनि सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पारेका थिए । तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि परेका हुन् । डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएन । अन्तिम मत परिणाम सार्वजनिक हुनु अघिसम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घाेराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमाेर्चाले चुनावी तालमेल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय