धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध

विराटनगर । धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो । मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् ।

उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।

यो पनि पढ्नुहोस् – रौतहट । रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एकीकृत समाजवादीले जितेको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय