काठमाडौं महानगरको मतगणना स्थापितक वडाको मतगणना सुरु, एमालेलाई सुरुवाती अग्रता

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना सुरु भएको छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितले भोट खसाएको वडा हो ।

प्रारम्भिक मतगणनामा अहिलेसम्म स्थापितले अग्रता लिएका छन् । ८७ मतसहित उनी अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार बालेनले ७३ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै कांग्रेसकी सिर्जना सिंहको ४७ मत छ ।

समग्रमा भने बालेनले अग्रता कायमै राखेका छन् । हालसम्म उनको पक्षमा १६,८९० मत आएको छ । स्थापितले ९,०२१ र सिंहले ८१२६ मत ल्याएर बालेनलाई पछ्याइरहेकी छन् ।

काठमाडाैंकाे वडा नं २८ पुरानाे बसपार्क र बागबजार आसपासकाे क्षेत्र हाे । स्थापितले बागबजारस्थित पद्मकन्या क्याम्पस मतदान केन्द्रमा मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय