किन गए बालेन  ललितपुरको मतगणना स्थल

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) ललितपुर महानगरपालिकाको मत गणना स्थल पुगेका छन् ।

ललितपुर महनगरपालिकाको वडा नम्बर १० बाट स्वतन्त्र उमेदवारी दिएका नरसिंह व्यञ्जनकारको प्रतिनिधिक़ा रुपमा मत गणनामा सहभागी हुन साह त्यहाँ पुगेका हुन् ।

साहले काठमाडौं महानगरको मेयरमा सुरुवातदेखि नै फराकिलो मतान्तरका साथ अग्रता लिइरहेका छन् । पछिल्लो परिणाम अनुसार १६ हजार ५२ मत ल्याएका छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३४५ मतका साथ पछ्याइरहेका छन् । गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार ५११ मत पाएकी छन् ।

यो पनि पध्नुहोस -बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलकराम लम्सालले ९ हजार ४२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका घननारायण श्रेष्ठले ६ हजार ५ सय ८१ मत पाए ।

उपमेयरमा नेकपा एमालेका बिना भट्टराईले ८ हजार १ सय ७६ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मञ्जु कुमारी चौधरीले ७ हजार ६ सय ७४ मत ल्याइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय