काठमाडौंको पछिल्लो मतगणना अपडेट

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ७ को पनि मतगणना सुरु भएको छ । प्रारम्भिक गणना अन्य उम्मेदवारभन्दा बालेन साह निकै अगाडि छन् ।

यस वडाका १०० वटा मत गनिएकोमा स्वतन्त्र उम्मेदवार साहले मात्रै ४८ भोट ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले अहिलेसम्म ८ भोट मात्र ल्याएका छन् ।

हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १५,९०६ भोट सहित अग्रता लिइरहेका छन् । दोस्रो र तेस्रोमा रहेका स्थापित र सिंहको क्रमशः ८,४२७ र ७,५२ भोट छ । मतगणना काठमाडौंको कोर एरियामा प्रवेश गरिसकेको छैन ।

यो पनि पध्नुहोस – चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।

२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

भरतपुरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय