यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।

२७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

भरतपुरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।

यो पनि पढ्नुहोस् – दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकीले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ पाए । अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन् । माओवादी केन्द्रका प्रेम खड्काले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाएकी छन् ।

त्यसैगरी नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय