पोखरामा झण्डै दुई हजार मतले धनराजको लिड, उपमेयरमा थोरै मतान्तरले कोपिला अगाडि

पोखरा । पोखराको मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्यले करिब दुई हजार मतले लिड गरेका छन् । आचार्यले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनकी कोपिला रानाभाट भने झिनो अन्तरले अगाडि छिन् । उनले एमालेकी मन्जुदेवी गुरुङलाई ३ सय ९० मतले पछि पारेकी छिन् । कोपिलाको १४ हजार ६ सय ६६ मत आउँदा मन्जुको १४ हजार २ सय ७५ मत छ । हालसम्म ३४ हजार ६ सय १७ मत गणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्; -दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकीले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ पाए । अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन् । माओवादी केन्द्रका प्रेम खड्काले २ हजार ५ सय ९ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाएकी छन् ।

त्यसैगरी नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय