गुल्मीमा नगरप्रमुख पदका उम्मेदवारको चुनाबि खर्च ३१ हजार मात्रै,११८ मत प्राप्त

गुल्मीको मुसिकोट नगरपालिकाको नगरप्रमुखको लागि भएको निर्वाचनमा नगरप्रमुख पदका एक उम्मेदवारको चुनाबि खर्च ३१ हजार मात्रै भएको सार्वजनिक भएको छ ।

गत बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा मुसिकोट नगरपालिकाको नगरप्रमुख पदमा ५ जना उम्मेदवार प्रतिस्पर्धामा मैदानमा उत्रिएका थिए । स्कतन्त्र तर्फबाट उम्मेदवार बनेका बिपिन विश्वास रायमाझीले आफ्नो चुनाबि खर्च सामाजिक सन्चालामार्फत सार्वजनिक गरेका हुन । उनले सार्वजनिक गरेको चुनाबि खर्चमा जम्मा ३१ हजार खर्च भएको बताइएको र ९ वटा वडाबाट आफुलाइ जम्मा ११८ मत प्राप्त भएको बताइएको छ । हेरौ उनको भनाइ जस्ताको त्यस्तै –

चुनावी मत परिणाम र चुनावि खर्च – एउटा एक्लो र नयाँ पात्रको बिल्कुलै नौलो र नवीनतम प्रयासलाई प्रत्येक वार्डबाट पाएको मतले अत्यन्तै खुसी बनाएको छ।म कुनै पनि दिन हौसिन,कुनै दिन आत्तिन किनकी म आफुमाथी बिस्वस्त थिए र आफ्नो औकात अनुसारको कर्म गरेको थिए।

वार्ड न १: २२, वार्ड न २: १६, वार्ड न ३: १६, वार्ड न ४: ८
,वार्ड न ५: ५, वार्ड न ६: ८, वार्ड न ७: १७, वार्ड न ८: २०
वार्ड न ९: ६ जम्मा: ११८

खर्च विवरण:- प्रतिबद्धता पत्र पर्चा छपाई- १०,०००/-पेट्रोल बाईक-९,०००/-,खाजा/खाना- ५,०००/- मिडिया-५,०००/- अन्य-२,०००/-
जम्मा: ३१,०००/-, ३ दिन मोटर गाडी खर्च (स्वेच्छिक सहयोग)

यति खर्चमा करिव करिव अधिकतम मतदातालाई मैले आफ्नो उम्मेद्बारी र किन उम्मेद्बारी बारे जानकारी पुराए।भोट किन्नको लागि गरिने अश्वभाविक खर्चहरु कम गर्न सकिएन हने समाज अधोगती तर्फ गैरहन्छ है।जानकारी अनुसार जति मतदाताले बुझ्न र आफुलाई परिवर्तन सङ्ग जोडन चाहानुभो वहाहरुले मतदान गर्नु भो।साच्चिकै (भिजन) हेर्ने र प्रतिबद्धता पत्र अध्ययन गर्ने समाज हुन्थ्यो भने म आफू हरेक सङ्ग पुगेको छु।

त्यसैले, -कुनैपनी घरदैलो नगरी,आश्वासन नबाडी,बिल्कुलै फरक प्रयासबाट आएको यो अभिमत मेरा निम्ति सधै प्रेरणादायी जग बनिरहने छ। म मुसिकोट बनाउन लागेको पात्र हु,यो देशमा नागरिक र सामाजिक सचेतना सहितको समाज रुपान्तरणको मुद्दा प्राथमिकतामा हुनुपर्छ भन्ने बिचारको पात्र हु। चुनावी प्रतिस्पर्धामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको थिए कतिले पढनु भो भएन।

म निरन्तर आफ्नो प्रतिबद्धता पत्रको प्रतिबद्धता अनुरुप लागिरहने कुरामा बिस्वस्त रहनुहुन अनुरोध गर्दछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय