कांग्रेस जिल्ला सभापतिलाई हराउँदै सल्यानको छत्रेश्वरीमा एमालेका बुढाथोकी विजयी

दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका ओजबहादुर बुढाथोकीले हजार ८ सय ९२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशबहादुर विष्टले २ हजार ६ सय २३ पाए ।

अध्यक्षमा पराजित विष्ट नेपाली कांग्रेस सल्यानका सभापति हुन् । माओवादी केन्द्रका प्रेम खड्काले २ हजार ५ सय ९ मत ल्याएका छन् । उपाध्यक्षमा पनि एमालेकै बुद्धाकुमारी खत्री विजयी भएकी छन् । उपाध्यक्षमा विजयी भएकी खत्रीले ३ हजार ३ सय ८२ मत ल्याएकी भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी सीता गिरीले ३ हजार ४७ मत पाएकी छन् ।

त्यसैगरी नेकपा समाजवादीका राजबहादुर बुढाथोकीले १ हजार ९ सय ८८ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहले शाहलाई पच्छाइरहेका छन्।

यस्तो अवस्थामा कांग्रेस महामन्त्री गगन थापाले आफ्नो धारणा सार्वजनिक गरेका उनले बालेनलाई सबै उमेर समूहले भोट दिएको बताएका छन्। ‘कुनै एउटा उमेर समूहका मान्छेले मात्र बालेन शाहलाई भोट दिइरहेका छैनन्।

उनले सराबरी सबैतिरका सबै उमेर समूहको भोट पाइरहेका छन्,’ उनले भनेका छन्, ‘नेपाली कांग्रेस र नेकपा एमालेका परम्परागत मतदाताहरूले पनि उनलाई भोट दिएका छन्। वडा स्तरमा कांग्रेस र एमालेलाई भोट दिएका मतदाताले पनि मेयरमा बालेन शाहलाई नै हालेको देखिन्छ।’

उनले मतदाताले राजनीतिक दलप्रति देखाएको प्रतिक्रिया बुझ्न दलहरुले नसकेको बताए। ‘निर्वाचन परिणामले दिने संकेतलाई राजनीतिक दलहरूले बुझ्यो, त्यसअनुसार काम गर्‍यो र सुधार गर्‍यो भने त्यसले दलहरूलाई नै फाइदा हुन्छ। हामी जनताले दिएको सन्देश बुझेर आफूलाई सच्याउने प्रयास गर्छौं,’ उनले भनेका छन्।

बालेन शाहले जिते राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने उनको भनाइ छ। ‘म काठमाडौंको सांसद हुँ। गएको पाँच वर्ष मैले काठमाडौंको निर्वाचित नगरप्रमुखसँग स्वास्थ्य र पूर्वाधार विकासमा साझेदारी गरेरै काम गर्न खोजेको थिएँ। साझेदारी गरेर काम गर्ने त हाम्रो पनि चाहना हुन्छ, आवश्यकता पनि हुन्छ,’ उनले भनेका छन्, ‘त्यसैअनुसार म एमालेसँग साझेदारी गर्न गएको हुँ। चाहे त्यो कोभिड महामारी बेला होस् वा काठमाडौंको स्वास्थ्य प्रणाली सुधार गर्ने विषय लिएर होस्, म काठमाडौंको सांसदका रूपमा विद्यासुन्दर शाक्यकहाँ सहकार्य निम्ति गएकै हो। तर दुर्भाग्यवश हामीले ठाउँ पाएनौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय