बाबुरामले भनेः स्थानीय तहमा गठबन्धन गर्नु हुँदैनथ्यो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय चुनावमा सत्तारुढ दलहरुले गठबन्धन गर्नु अनुपयुक्त रहेको बताएका छन् । गठबन्धनबाट पार्टीहरुलाई खासै फाइदा पनि नभएको उनको टिप्पणी छ ।

आज संसद बैठकबाट निस्केपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै डा. भट्टराईले स्थानीय चुनावको गठबन्धनमा आफ्नो पहिल्यैदेखि असहमति रहेको जानकारी दिए । उनले भने, ‘स्थानीय तहका मुद्दाहरु स्थानीय जनता र नेतालाई थाहा हुन्छ । यो केन्द्रबाट टुंगो लगाउने विषय नै होइन । त्यसैले गठबन्धन उपयुक्त थिएन ।’

कांग्रेस-माओवादीले अलिकति सेटिङ गरेर गठबन्धनबाट केही लाभ लिएको उनले बताए । ‘उनीहरुलाई अलिकति लाभ भयो । तर, त्यो पनि आपसमा तल मिलेजस्तो देखिएन । गठबन्धनको जे सिद्धान्त थियो, त्यो कसैले पालना गरेन ।’

उनले प्रतिनिधिसभा चुनावमा गठबन्धन होस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे । चुनावमा धाँधली भएको विषयमा प्रश्न गर्दा डा. भट्टराईले भने, ‘नेपालको लोकतन्त्र भर्खर हुर्किँदैछ । बच्चाले अलिकति फोहोर त गरिहाल्छ । त्यसलाई लिएर बच्चा नै खराब भन्न मिल्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय