काठमाडौंमा एमाले क्लिन स्विप हुने बाटोमा, कांग्रेसलाई धेरै ठूलो सफलता

काठमाडौं – काठमाडौंमा एक महानगरपालिकासहित १० स्थानीय तह छन् । तीमध्ये तीनवटाको परिणाम आइसकेको छ । तीनवटैमा कांग्रेसले विजयको झन्डा गाडेको छ ।

विगतमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । मंगलबार बिहानसम्म काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार मतसहित अग्रता लिएका छन् । एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह पछि परेका छन् । अघिल्लो निर्वाचनमा काठमाडौंको कीर्तिपुर र तारकेश्वर नगरपालिका एमालेले जितेको थियो ।

यसपटक कांग्रेसले एमालेसँग ती स्थानीय तह खोसेको छ । यसअघि जितेको दक्षिणकालीमा कांग्रेसले फेरि पनि जीत निकालेको छ । तारकेश्वरमा कांग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर बनेका छन् । कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मीले एमाले उम्मेदवारलाई भारी मतान्तरले हराएका छन् ।

टोखा, नागार्जुन, चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकामा एमालेले झिनो अग्रता लिइरहेको छ ।

ती दुई स्थानीय तहमा पनि कांग्रेसले जित्यो भने काठमाडौंमा एमाले क्लिन स्विप हुने सम्भावना धेरै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय