प्रधानमन्त्री देउवाका भाइको निधन, शोकमा डुब्यो बालुवाटार

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधन भएको छ।

उनको मंगलबार बिहान वीर अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक निवासी देउवा फोक्सोको क्यान्सरबाट ग्रसित थिए।

यो पनि पढ्नुहोस् -काठमाडौं – काठमाडौंमा एक महानगरपालिकासहित १० स्थानीय तह छन् । तीमध्ये तीनवटाको परिणाम आइसकेको छ । तीनवटैमा कांग्रेसले विजयको झन्डा गाडेको छ ।

विगतमा एमालेले जितेको काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । मंगलबार बिहानसम्म काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार मतसहित अग्रता लिएका छन् ।एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह पछि परेका छन् । अघिल्लो निर्वाचनमा काठमाडौंको कीर्तिपुर र तारकेश्वर नगरपालिका एमालेले जितेको थियो ।

यसपटक कांग्रेसले एमालेसँग ती स्थानीय तह खोसेको छ । यसअघि जितेको दक्षिणकालीमा कांग्रेसले फेरि पनि जीत निकालेको छ ।

तारकेश्वरमा कांग्रेस उम्मेदवार कृष्णहरि महर्जन मेयर बनेका छन् । कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मीले एमाले उम्मेदवारलाई भारी मतान्तरले हराएका छन् ।टोखा, नागार्जुन, चन्द्रागिरी र कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । बुढानिलकण्ठ र गोकर्णेश्वर नगरपालिकामा एमालेले झिनो अग्रता लिइरहेको छ ।

ती दुई स्थानीय तहमा पनि कांग्रेसले जित्यो भने काठमाडौंमा एमाले क्लिन स्विप हुने सम्भावना धेरै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय