मुसिकोटमा मेयर र उपमेयर दुवैमा एमालेको जित पक्का

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर पदमा नेकपा एमालेको तर्फबाट जीवन खरेल तथा उपप्रमुखमा गंगा श्रेष्ठ विजय हुने निश्चित भएको छ ।

यतिबेला मुनपा ५ आँपचौरको गणना भइरहेको छ । खरेलको गाँउ समेत रहेको यो वडामा एमालेलाई उत्साहजनक भोट आएसँगै एमालेको विजय निश्चित भएको हो ।

हालसम्म एमालेलाई मेयर पदमा ६९९१ मत परेको छ भने रुखमा ६३५७ मत रहेको छ । प्रमुखमा काङ्ग्रेस ६३४ मतले पछाडी रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा ६६५९ मत रहेको छ भने कलममा ६०८३ मत रहेको छ । हाल सम्म समाजवादी ५७६ मतले पछाडी रहेको छ ।

योसँगै एमालेको जित पक्का भएको छ । अन्तिम परिणाम आएर घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय