मुसिकोटको नगर प्रमुख र उपप्रंमुखमा दुबैमा एमाले जितको नजिक

गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको ८ ओटा वडाको मत परिणाम सारवजनिक भएको छ भने वडा नम्बर ५ को मत गणना भइरहेको छ ।

मुसिकोटमा अहिलेसम्मको मत परिणाम सार्वजनिक हुदा मेयरमा सुर्य चिन्हमा ७१०९ मत परेको छ भने रुखमा ६४०९ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस ७०० मतले पछाडी रहेको छ । त्यस्तै उपमेयरमा सुर्यमा ६७६१ मत रहेको छ भने कलममा ६१३९ मत रहेको छ । हाल सम्म समाजवादी ६२२ मतले पछाडी रहेको छ ।

यो पनि पढ्नुहोस् – चितवन । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ५ हजार ७१८ मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ मतसहित अग्रता लिएका छन् । राप्रपाकी हिमला गुरुङको पक्षमा ४ हजार ६४५ मत परेको छ ।

४ नम्बर वडाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ३ हजार ५०१ मतसहित निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवारले १ हजार ६३३ र राप्रपाका उम्मेदवारले ८८० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय