मुसिकोटको नगर प्रमुख र उपप्रंमुख दुबैमा एमालेको अग्रता

मुसिकोटको नगर प्रमुख र उपप्रंुख दुबैमा एमालेको अग्रता कायमै रहेको छ ।

गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको ८ ओटा वडाको मत परिणाम सारवजनिक भएको छ भने वडा नम्बर ५ को मत गणना भइरहेको छ ।

मुसिकोटमा अहिलेसम्मको मत परिणाम सार्वजनिक हुदा मेयरमा सुर्य चिन्हमा ६९९१ मत परेको छ भने रुखमा ६३५७ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस ६३४ मतले पछाडी रहेको छ । त्यस्तै उपमेयरमा सुर्यमा ६६५९मत रहेको छ भने कलममा ६०८३ मत रहेको छ । हाल सम्म समाजवादी ५७६ मतले पछाडी रहेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले निर्वाचित भएका छन् । उनले ३ हजार ४७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना लामाले ३ हजार ९७ मत ल्याइन् । माओवादी केन्द्रका यो सिंगी घिसिङले ३ सय ४६ मत ल्याए ।

नौकुण्डको उपाध्यक्षमा एमालेका चन्द्र बहादुर ग्लान निर्वाचित भए । उनले २ हजार ९०४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका भुमे लामाले १ हजार ९५१ मत ल्याए । मंगोल नेशनल अर्गनाइजेसनकी प्रविना तामाङले २ सय ७ मत ल्याइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय