मुसिकोटमा मत परिणाम अन्तिम चरणमा ,प्रमुखमा ६३४ मतले एमालेको अग्रता

गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको ८ ओटा वडाको मत परिणाम सारवजनिक भएको छ भने वडा नम्बर ५ को मत गणना भइरहेको छ ।

मुसिकोटमा अहिलेसम्मको मत परिणाम सार्वजनिक हुदा मेयरमा सुर्य चिन्हमा ६९९१ मत परेको छ भने रुखमा ६३५७ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस ६३४ मतले पछाडी रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा ६६५९मत रहेको छ भने कलममा ६०८३ मत रहेको छ । हाल सम्म समाजवादी ५७६ मतले पछाडी रहेको छ ।

यो पनि पढ्नुहोस् -गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली र उपाध्यक्षमा नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम ५ हजार ४५१ मतसहित निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय