मुसिकोटमा ६ ओटा वडाको अन्तिम मत परिणाम सार्वजनिक प्रमुख र उपप्रमुखमा कडा टक्कर

गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको ६ ओटा वडाको मत परिणाम सारवजनिक भएको छ भने वडा नम्बर ४ र ६ को मत गणना भइरहेको छ ।

मुसिकोटमा ६ ओटा वडाको मत परिणाम सार्वजनिक हुदा मेयरमा सुर्य चिन्हमा ४३१४ मत परेको छ भने रुखमा ४५७८ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस २६४ मतले अगाडि रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा ४१३५ मत रहेको छ भने कलममा ४४०० मत रहेको छ । हाल सम्म समाजवादी २६५ मतले अगाडि रहेको छ ।

यो पनि पढ्नुहोस् – गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा वडा नं. ७ मा नेकपा एमालेले सानदार बिजय हासिल गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं.७ मा नेकपा एमालेको तर्फबाट चुनाबि मैदानमा भिडेका हरिहर सापकोटाले आफ्ना दुई प्रति दोन्दिहरुलाई भारि मतले प्राजित गर्दै मुनापा ७ को वडा अध्यक्षमा निर्बाचित हुनुभएको हो ।

नगरपालिकाको केन्द्र रहेको मुसिकोट ७ वामी नेकपा एमालेले ५ दलिय गठबन्धन र स्वतन्त्र तर्फका उमेदवारहरलाई भारि मतले पछि पार्दै पुरा प्यानल नै आफ्नो कोल्टामा पार्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय