मुसिकोटमा नगर प्रमुख र उपप्रमुखमा कडा टक्कर, पुर्ब अनुमान गर्न कठिन

गुल्मीको मुसिकोट नगरपालिकाको नगर प्रमुख र उपप्रमुखको मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।

नगर प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ भने नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन । मुसिकोटको नगरप्रमुखमा गठबन्धनबाट काङ्ग्रेसले प्रमुखमा उम्मेदवार खडा गरेको छ भने समाजवादीले उपप्रमुखमा उम्मेदवार खडा गरेको छ ।

हाल सम्म वडानम्बर १ मा एमालेले प्रमुखमा ११४५ उपप्रमुखमा ११३२ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ११२३ र उप प्रमुखमा १०३५ मत प्रप्त गरेको छ । त्यस्तै वडा नम्बर ९ मा एमालेले प्रमुखमा ३७४ र उपप्रमुखमा ३७३ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ४६४ र उपप्रमुखमा ४१७ मत प्राप्त गरेको छ ।

त्यस्तै वडानम्बर २ मा एमालेले प्रमुखमा ६७४ र उपप्रमुखमा ५५३ मत प्राप्त गरेको छ भने काङ्ग्रेसले प्रमुखमा ९३२ र उपप्रमुखमा १००९ मत प्राप्त गरेको छ ।

साथै वडानम्बर ८ मा प्रमुखमा एमालेको ४७९ र उपप्रमुखमा ४७६ मत रहेको छ भने काङ्ग्रेसको प्रमुखमा ४५५ र नेकपा एस उपप्रमुखमा ३९४ मत रहेको छ । हाल वडा नम्बर २ र वडा नम्बर ८ को मतगणना जारी रहेको छ । हाल सम्म मेयरमा सुर्य चिन्हमा २६७२ मत परेको छ भने रुखमा २९७४ मत रहेको छ । हाल सम्म प्रमुखमा काङ्ग्रेस ३०२मतले अगाडि रहेको छ ।

त्यस्तै उपमेयरमा सुर्यमा २५३४ मत रहेको छ भने कलममा २८५५ मत रहेको छ । हाल सम्म समाजवादी ३२१ मतले अगाडि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय