मुसिकोटमा अहिलेसम्म तिनओटा वडाको मत परीणाम सार्वजनिक

गुल्मीको मुसिकोट नगरपालिका वडा नं.२ मा ५ दलिय गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर २ रातचौरका रबिन्द्र के.सी निर्बाचित भएका छन् ।

मुसिकोट नगरपालिका वडा नं.२ मट जम्मा १७७१ मध्य ९३८ मत ल्याएर केसी वडा अधयक्षमा निरबाचित भएका छन् भने उनका प्रति दोन्दि नेकपा एमालेका उमेदबार महेन्द्र घिमिरेले ७५३ मत प्राप्त गरेका छन् । उनिहरु बिचको मतान्तर १८५ रहेक छ ।

त्यसै गरि गुल्मीको मुसिकोट नगरपालिकामा गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका वडानम्बर १ पौदिअमराइका मोहन घिमिरे र वडानम्बर ९ अर्लाङ्गकोटमा भुमा गुरुङ्ग बिजयी बन्नुभएको छ ।

हिजो बिहान १० बजेदेखि सुरु भएको गणनामा ढिलाइ भएको छ । अहिलेसम्मको मतपरिणाम हेर्दा नगरप्रमुख र उपप्रमुखमा निकै प्रतिस्पर्धा भएको छ ।

अहिले वडानम्बर ८ वामीको मतगणना भैरहेको छ जसमा गठबन्धन अगाडि रहेको छ । अब वडानम्बर ३ को मतगणना हुने जानकारी प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय