फेरि बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

यो पनि पढ्नुहोस् – बडिगाड गाउँपालिकामा मतगणनामा ढिलाई भएको भन्दै सत्ता गठबन्धनले नाराबाजी गरेको छ । मतपेटिका ल्याएको २४ घण्टा वितिसक्दा पनि मतगणना नभएपछि निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरिएको हो ।

बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको थियो।

गठबन्धनका नेता कार्यकर्ताले मतगणना शुरु गर, निर्वाचन अधिकृत मुर्दावाद भन्दै नाराबाजी गरिरहेका छन् । अधिकृत सुवेदीले बिहान ६ बजे सर्वदलीय बैठक डाकेर मतगणना शुरु गरिने जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय