पाँच दलीय गठबन्धनद्वारा बडिगाडमा निर्वाचन अधिकृतविरुद्ध नाराबाजी

बडिगाड गाउँपालिकामा मतगणनामा ढिलाई भएको भन्दै सत्ता गठबन्धनले नाराबाजी गरेको छ । मतपेटिका ल्याएको २४ घण्टा वितिसक्दा पनि मतगणना नभएपछि निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरिएको हो ।

बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको थियो। गठबन्धनका नेता कार्यकर्ताले मतगणना शुरु गर, निर्वाचन अधिकृत मुर्दावाद भन्दै नाराबाजी गरिरहेका छन् । अधिकृत सुवेदीले बिहान ६ बजे सर्वदलीय बैठक डाकेर मतगणना शुरु गरिने जानकारी दिइन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । समयमा समयमा माथिबाट कागज बोकेर झर्नेले दिने सूचना अनि त्यसैका आधारमा रिपोर्टिङ ।

केहीबेर अघि टिपाएको सूचना त्यसरी नै कागज बोकेर आउनेले दिने सूचनासँग बाझिएपछि तनाव । काठमाडौं महानगरपालिकाको राष्ट्रियसभा गृहमा शनिबार दिनभरजसो रिपोर्टिङका लागि पुगेका पत्रकारहरू तनावमा देखिन्थे । त्यसरी कागजमा टिपेर ल्याउनेहरुले यो नै अहिलेसम्मको आधिकारिक हो भनेपछि विश्वास गर्नुका अन्य विकल्प पनि थिएन ।

आधिकारिक निकायबाट समय समयमा अपडेट नआउँदा अनलाइनमा काम गर्नेदेखि टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्नेहरूसम्म त्यसरी अनिधकृतरूपमा आएका सूचनामा भर परेर रिपोर्टिङ गर्दा दिनभर जसो गलत तथ्यांकहरू मिडियाहरूमा प्रकाशित प्रशारित भए ।

दिउँसो नै मेयर पदका स्वतन्त्र उमेद्धवार बालेन शाहले एक हजारभन्दा बढी मत ल्याएका समाचारहरु प्रकाशित भइरहेका थिए । तर, मतदान सुरु भएको करिब साढे ९ घण्टापछि निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा बालेन शाहले चार सय २ मत र नेकपा एमालेका उमेद्ध्वार केशव स्थापितले ३ सय १२ मत ल्याएको जानकारी दिइयो । काठमाडौं महानगरपालिका वडा नम्बर एक र ३२ दुवैमा ५/५ सय मत गणना हुँदाको मत परिणाम रहेको निर्वाचन कार्यालयको जानकारी थियो ।

आयोगका अधिकारीले भने, ‘प्राविधिक समस्याले गर्दा हामीले ढिलो गरेर मात्र जानकारी गराउन सक्यौँ ।’ आधिकारिक निकायबाट जानकारी नआएपछि पत्रकारहरूले मतदानस्थलमा रहेका प्रतिनिधी, राजनीतिक दल, पर्यवेक्षकहरुलाई समातेर भित्रको जानकारी लिइरहेका थिए । त्यसरी सूचना ल्याउनेहरूबीच नै तथ्यांकमा तालमेल थिएन । तर, केहीबेर अघि लिएको तथ्यांकभन्दा पछि आउने तथ्यांक घट्ने गरेपछि समाचार संकलनमा खटिएकाहरू तनावमा देखिन्थे ।

‘भित्र प्रतिनिधीहरु सूचना दिनै मान्दैनन् । बल्लबल्ल टिपेर ल्याएको । अहिलेसम्मको यहि नै हो’ मत परिणाम टिपेर ल्याउने प्राय यस्तै भन्थे ।
स्क्रिन हेर्दै नाराबाजी गरिरहेकाहरू जब साढे ९ घण्टापछि सूचना पाए ।

राष्ट्रिय सभा गृहमा सर्वसाधारणलाई सजिलो होस् भनेर गेटबाहिर एउटा ठूलो स्क्रिन राखिएको थियो । सभा गृह परिसरमा पनि पत्रकारका लागि एउटा स्क्रिन राखिएको थियो ।

तर, मतगणनाको तथ्यांक साँझ पौने ७ बजेभन्दा अघि एकपटक पनि त्यसमा देखाइएन । सञ्चारमाध्यमहरूमा बालेनको अग्रताबारे समाचारहरु आएपछि ठूलो संख्यामा उनका समर्थकहरू गेटबाहिर हुटिङ गरिरहेका थिए । अगाडिको स्क्रिनमा केही आउला की भनेर सबैको नजर त्यसतर्फ देखिन्थ्यो । उता सामाजिक सन्जालहरुमा बालेनले फराकिलो अग्रता लिइरहेको तथ्यांकहरू सार्वजनिक भएपछि एकअर्कालाई देखाउँदै उनूहरुको हुटिङ थप चर्किएको देख्न सकिन्थ्यो ।

साँझ जब निर्वाचन कार्यालयले भिडिओ कन्फेरेन्समार्फत जानकारी दियो-सबै जना शान्त देखिन्थे । मेयरका उम्मेदवारहरूको मत परिणाम सार्वजनिक भइरहँदा बालेनको नाम अलि पछाडि नै थियो । जब उनले ल्याएको मत परिणाम ४ सय २ भनेर सार्वजनिक गरियो- अगाडि उपस्थित उनका समर्थकहरुले सेलिब्रेसन मुडमा प्रस्तुत हुँदै हुटिङ गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय