सिवाइसी बचत तथा ऋण सरकारी संस्था लि को ११ औ बार्षिक साधारण सभा सम्पन्न

सिवाइसी बचत तथा ऋण सरकारी संस्था लि.दगा सदस्य सेवा केन्द्र खर्वाङको ११ औ बार्षिक साधारण सभा सम्पन्न
कौरव खत्री, गुल्मी: सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि. को ११ औ बार्षिक साधारण सभा दगा सदस्य सेवा केन्द्र खर्वाङमा सम्पन्न भएको छ ।

विहिवार बडिगाड गाँउपालिका २ खर्वाङ्गमा भएको साधारण सभाको सेवा केन्द्र स्तरीय विस्तारित मञ्चलाई सम्वोधन गदै सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि.बागलुङका सल्लाहकार सिता शर्माले सिवाइसीलाई नेपालमा मात्र नभएर एसियाकै उत्कृष्ट सिवाईसी भनेर चिनाउनु पर्ने भन्दै सिवाईसीको उद्देश्य ठूलो रहेको सिवाईसीले सही बाटो पुस्तकमा सिक्ने कुरा धेरै रहेको बताउनु भयो ।

त्यस्तै सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि.अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले सिवाइसीलाई विश्व जगतसम्म पु¥याउनु पर्ने भन्दै सिवाइसी बचत तथा क्रृण सरकारीको लागि मात्र नभएर फरक काम गर्नका लागि भएको बताउनु भयो ।

सहकारी पैसाको पछाडी दौडिन नहुने भन्दै सिवाईसीले आपत विपतमा परेका दुखी गरिवको सारथी बनेर सहयोग गदै आएको बताउनु भयो ।

त्यस्तै कार्यक्रमका अवसरमा सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लिका उपाध्यक्ष गण्डकी थापा अधिकारीले सिवाइसी सहकारी शेयरहरुको साथ सहयोगले नेपालको उत्कृष्ट पुरस्कार लिन सफल भएको र अगाडी आएको बताउनुभयो ।

त्यस्तै बडिगाड गाँउपालिका वडा नं. १ का वडाअध्यक्ष बोम बहादुर थापाले सिवाइसी सहकारीले समयको महत्व बुझेको भन्दै सिवाईसी सहकारी नेपालकै उच्च सहकारी बनाउनु पर्नेमा शुभकामना दिनुभएको छ ।

त्यस्तै बडिगाड गाँउपालिका वडा नं. २ का वडा अध्यक्ष ढालेन्द्र शेरचनले सिवाइसी सहकारीले वित्तीयसँगै समाजका धेरै क्षेत्रमा काम गदै अगाडी बढेको बताउनुभयो । त्यस्तै समाजसेवी शुनिल शेरचनले सिवाइसीको इतिहास धेरै लामो भएकोले सबैको सारथी नै सिवाईसी रहेको बताउनुभयो ।

त्यस्तै समाजसेवी भिमसेन बनले सहकारी भनेको सहकारीकै रुपमा विकास हुनु पर्ने भन्दै सिवाईसीले भावी दिनमा क्षमता अभिवृद्धिमा जोड दिनु पर्ने सुझाव दिनुभयो ।

त्यस्तै दगा सदस्य सेवा केन्द्र खर्वाङका सल्लाहकार शुदर्सन शाक्यले सिवाईसी सहकारीको व्यक्ति व्यक्ति नै शेयर बन्नु पर्ने कुरामा जोड दिदै वामीमा सिवाइसी सहकारी राखिदिन आग्रह गनुभयो । सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि. सचिव जयराम भारीले आर्थिक बर्ष २०७६÷०७७ को प्रगति प्रतिवेदन तथा प्रस्तावित नीति तथा कार्यक्रम सहितको प्रगति प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि.कोषाध्यक्ष सितादेवी सापकोटा कंडेलले आर्थिक बर्ष २०७६/०७७ को आयव्यय प्रतिवेदन प्रस्तुत गनुभएको थियो ।

साधारण सभाले कार्यक्रममा दगा सदस्य सेवा केन्द्र खर्वाङले सिवासी सहकारीमा असल बचतकर्ताको रुपमा दिन बहादुर केसी,बाल बचतकर्ताको रुपमा स्वीकृति नेपाली,असल सदस्यको रुपमा कृष्ण बहादुर बलामी,असल उद्यमीको रुपमा मिना भुजेललाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

दगा सदस्य सेवा केन्द्र खर्वाङको सेवा केन्द्र स्तरीय विस्तारित मञ्चको साधारण सभा सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि.केन्द्रीय अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता तथा सहकारी संस्था लि.का सल्लाहकार सिता शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रम दगा सदस्य सेवा केन्द्र खर्वाङ्गका संयोजक धन बहादुर बुढा स्वागत मन्तव्यसँग सुरु भएको कार्यक्रमको सञ्चालन भने दगा सदस्य सेवा केन्द्र खर्वाङका सदस्य बेलु गिरीले गनुभएको थियो ।

सिवाईसी सहकारीले मंसिर १५देखि २२ गतेसम्म विभिन्न स्थानहरुमा सिवाइसी सहकारी ११ औ बार्षिक साधारण सभा सञ्चालन हुने छ ।

सिवाईसी सहकारी दगा सदस्य सेवा केन्द्र खर्वाङ्ग अन्तर्गत ७ सय, ६३ शेयर सदस्यहरु आवद्ध रहेका छन् ।भने जिल्लाभर ११ सेवा केन्द्र सिवाइसी सहकारी सहित एक केन्द्रिय कार्यालय रहेको छ ।

सिवाइसी बचत तथा क्रृण सरकारी संस्था लि. ले ११ प्रकारका क्रृण सेवा तथा मोवाइल बैकिङ,ट्यावलेट बैकिङ, एटिएम, क्यूआर कोड, ई–टेलर र मिस्डकल बैकिङ जस्ता अत्याधुनिक प्रविधि मार्फत वित्तीय सेवाहरु प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय