गुल्मी मुसिकोटमा १३०२ मतगणना सकियो,नगरप्रमुखमा १४ मतको अन्तर 

गुल्मीको मुसिकोट नगरपालिकामा १३०२ मतगणना सकिएको छ।अहिलेपनि मतगणना जारी रहेको छ जसको मतपरिणाम नतिजा आउने क्रम जारीरहेको छ ।

हालसम्म १३०२ मतगणना गर्दा नगर प्रमुख पदको लागि रुख चिन्हमा हरिनारायण सापकोटाले ६२१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सोहि पदको लागि सुर्य चिन्हमा जीवन खरेलले ६०७ मत प्राप्त गर्नुभएको छ ।
उप प्रमुखको लागि भएको निर्वाचनमा सूर्य चिन्हमा एमालेकी गङ्गा श्रेष्ठले ६०५ मत प्राप्त गर्नुभएको छ भने
कलम चिन्हमा गठबन्धनका श्रीराम महतले ५७१ मत प्राप्त गर्नुभएको छ ।

वडानम्बर १ वडाको ६६०को मतपरिणाममा वडाध्यक्षमा सुर्य चिन्हमा नारायण थापालाइ ३४९ मत प्राप्त भएको छ भने रुख चिन्हमा मोहन घिमिरेलाइ २८८ मत प्राप्त भएको छ ।वडानम्बर ९ को ६४२ को मत परिणाममा वडाअध्यक्षमा एमालेको सुर्य चिन्हमा रामकृष्ण कंडेललाइ २७६ मत प्राप्त भएको छ भने रुख चिन्हमा काङ्ग्रेसकी भुमा गुरुङ्गलाइ ३४४ मत प्राप्त भएको छ ।

अहिले वडानम्बर १ पौदीअमराई र वडानम्बर ९ अर्लांगकोटको मतगणना भैरहेको छ । मतगणना भने निकै ढिलो भएको छ । मत गणना रुद्रावती बहुमुखि क्याम्पसमा भैरहेको छ । यसपछि वडानम्बर २ मुसिकोट र वडानम्बर ८ वामीको मतगणना हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय