गुल्मी मुसिकोटमा ९०२ मतगणना सकियो,गणनामा ढिलाई

गुल्मीको मुसिकोट नगरपालिकामा ९०२ मतगणना सकिएको छ,अहिलेपनि मतगणना जारी रहेको छ जसको  मतगणना अपडेट यसप्रकार रहेको छ ।

हालसम्म ९०२ मतगणना गर्दा नगर प्रमुख पदको लागि  रुख चिन्हमा हरिनारायण सापकोटाले ४४० मत प्राप्त गर्नुभएको छ । त्यस्तै सोहि पदको लागि सुर्य चिन्हमा जीवन खरेलले ४०८ मत प्राप्त गर्नुभएको छ ।
उप प्रमुखको लागि भएको निर्वाचनमा सूर्य चिन्हमा एमालेकी गङ्गा श्रेष्ठले ४०२ मत प्राप्त गर्नुभएको छ,भने
कलम चिन्हमा गठबन्धनका श्रीराम महतले ३९८ मत प्राप्त गर्नुभएको छ ।

वडानम्बर १ वडाको मतपरिणाममा वडाध्यक्षमा सुर्य चिन्हमा नारायण थापालाइ २५३ मत प्राप्त भएको छ भने रुख चिन्हमा मोहन घिमिरेलाइ १९३ मत प्राप्त  भएको छ ।वडानम्बर ९ को  वाडाअध्यक्षमा एमालेको सुर्य चिन्हमा रामकृष्ण कंडेललाइ १८१ मत प्राप्त भएको छ भने रुख चिन्हमा काङ्ग्रेसकी भुमा गुरुङ्गलाइ २४१ मत प्राप्त भएको छ ।

अहिले वडानम्बर १ पौदीअमराई र वडानम्बर ९ अर्लांगकोटको मतगणना भैरहेको छ । मतगणना भने निकै ढिलो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय