यु डब्लु एस नेपालद्वारा पेस्तालोजी छात्रवृत्तिको  आवेदन फर्म घोषणा ।।

कृष्ण भट्टराई गुल्मी ।     पेस्तालोजी चिल्ड्रेन भिलेज सोसाइटी र यु डब्लु एस नेपालले गुल्मी जिल्लाको लागि अन्तिम पटक पेस्तालोजी छात्रवृत्तिको आवेदन घोषणा गरेका छ्न।

पेस्तालोजी चिल्ड्रेन भिलेज सोसाइटी युकेमा  रहेको  एउटा परोपकारी गैरधार्मिक गैरसरकारी संस्था हो,जसले यो बर्ष देहेरादुनमा छात्रवृत्तिमा पढ्नको लागी गुल्मी जिल्लाका बालबालिकालाई अन्तिम पटक  छात्रवृत्तिको अवसर लिएर आएको छ।

संस्थाले देहेरादुनमा रहेका अङ्ग्रेजी माध्यममा पढाईहुने राम्रा बिद्यालयका क्षमतावान तथा तिक्ष्ण दिमाग भएका बालबालिकाहरुलाइ अध्ययन छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।छात्रवृत्तिमा छनोट भएका बालबालिकाहरु बहु राष्ट्रियता जस्तै भारतिय,नेपाली,तिब्बति बालबालिकाहरु पुर्ण सुबिधा सहितको होस्टलमा बसेर कक्षा १२ सम्मको निशुल्क  अध्ययनको अवसर प्राप्त गर्नेछ्न।

छात्रवृत्तिको लागि छनौट परीक्षा आगामी जेष्ठ ११ गते गुल्मी जिल्लाको सदरमुकाम तमघासमा हुने भएको छ भने छात्रवृत्तिको लागि इच्छुक बिद्यालयका बालबालिकाको  आवेदन जेठ ८ गतेभित्र यु डब्लु एस नेपालको शाखा कार्यालय खानिगांउ तमघास गुल्मिमा बुझाउन संस्थाले सुचना प्रकाशित गरिसकेको गुल्मी शिक्षा बिभाग प्रमुख अनुज सिग्देलले जानकारी दिनुभएको छ।छात्रवृत्तिको लागि संस्थाले केही मापदण्ड निर्माण गरेको छ जुन यसप्रकार छ्न- (१)   छनौट परिक्षाको आवेदन दिने बालबालिका २०६७ चैत १८ गते देखि २०६८ चैत १८ सम्मको जन्मेको हुनुपर्ने छ अङ्ग्रेजी मिति सहितको जन्मदर्ताको प्रतिलिपी आवश्यक छ।(२) कक्षा ३,४ र ५ को हरेक परिक्षामा ८०% वा सो बराबरको ग्रेड हुनुपर्ने र नतिजाको प्रमाणित मार्कसिट अङ्ग्रेजी माध्यमको हुनुपर्ने छ।

(३) बिद्यालयबाट पाँच कक्षा पास गरेको ट्रान्सफर सर्टिफिकेटको प्रतिलिपी अङ्ग्रेजी माध्यमको हुनुपर्ने छ।(४) आवेदक बिद्यार्थि अनिवार्य यु डब्लु एस नेपालको बिद्यालय अथवा सरकारी बिद्यालयमा अध्ययनरत  उत्कृष्ट बिद्यार्थि हुनुपर्ने छ। यदि गुल्मी जिल्लामा स्थापित विभिन्न बिद्यालयका बालबालिकाले उल्लेखित मापदण्ड पूरा गरेको अवस्थामा उल्लेखित कागजात सहित निर्धारित मितिभित्र आवेदन दिन सकिने संस्थाले स्पस्ट पारेको छ।आवेदन फारम लिन र थप सहयोगको लागि यु डब्लु एस नेपाल जिल्ला शिक्षा अधिकृत अनुज सिग्देल ९८५१३१००५९ स्कुल मोबिलाइजर भेषराज अधिकारी ९८५१३१००६० र मिना कुमारी बोहोरा ९८५१३१५०३६ मा सम्पर्क गर्न सकिने संस्थाले सुचनापत्रमा उल्लेख गरेको छ।

छात्रवृत्ति कार्यक्रम मार्फत बिगतमा पनि गुल्मी जिल्लाका विभिन्न नगर/गाउँ पालिकाबाट बिद्यार्थि छनोट भइ अध्ययन गरिरहेको र छात्रवृत्तिको लागि गुल्मी जिल्लामा यो बर्ष अन्तिम पटक बिद्यार्थि छनोटको कार्यक्रम संचालन भएकोहुदा अवसरको सदुपयोग गर्न जिल्ला शिक्षा अधिकृत अनुज सिग्देलले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय