गठबन्धनका उम्मेदवारले कुटे प्राध्यापक,

कैलाली । बैतडीको डिलाशैनीमा गठबन्धनका उम्मेदवार र उनका कार्यकर्ताहरुले क्याम्पस प्राध्यापकमाथि कुटपिट गरेका छन् ।

गठबन्धनबाट पालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र राना शीतल र उनका कार्यकर्ताले स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशीको चुनाव प्रचार गरेको भन्दै पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक डिलासैनी ५ बिनाबस्तीका रामदत्त जोशीमाथि निर्घात कुटपिट गरेको जोशीका भाइ दीपकराज जोशीले जानकारी दिए ।

उनको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारको लागि धनगढी पठाइएको दीपकराजले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रका नेता एवं पालिका अध्यक्ष उम्मेदवार लोकेन्द्र र उनका कार्यकर्ताले खेतमै गएर कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न पालिका अध्यक्ष उम्मेदवार लाेकेन्द्र र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीले जानकारी दिए ।डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । मित्रवत प्रतिस्पर्धा गर्ने लिखित सहमतिमा गरिएको हस्ताक्षरको मसी सुक्न नपाउँदै रुकुमको आठबीसकोट नगरपालिकामा कांग्रेस र माओवादीबीच फेरि झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम स्रोतका अनुसार आठबीसकोट नगरपालिका १० को घारीखोलामा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए । कांग्रेसको घरदैलोका क्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । आक्रमणपछि कांग्रेस कार्यकर्ताहरु प्रयोग गरेको मोटरसाईकल छोडेर भागेका थिए । यसरी छाडिएको मोटरसाइकलमा माओवादी कार्यकर्ताले आगजनि गरेका छन् ।

कांग्रेस कार्यकर्ताले छाडेको भे८प ३६२० नम्बरको माटरसाईकलमा माओवादी कार्यकर्ताले आगो लगाइदिएका छन् । भे७प ३०६५ नम्बरको मोटरसाईकल रोडबाट खेतमा खसालिएको छ । यस्तै रा ४ प १८७० नम्बरको मोटरसाइकल र लु१ ज २६६१ नम्बरको जिपमा पनि तोडफोड गरिएको जिप्रका स्रोतले नेपालप्रेसलाई बतायो ।

यसअघि नेकपा माओवादी कार्यकर्ताले गरेको सांघातिक आक्रमणका कारण रुकुम पश्चिममा मात्रै दुई दर्जनभन्दा बढी कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

नेपाली कांग्रेसका एक नेताले भने, ‘घटनामा प्रहरीले कसैलाई पनि पक्राउ नगर्दा उनीहरुको हौसला बढदै गएको छ ।’
हालसम्म प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिई कारवाही नगरेको कांग्रेस कार्यकर्ताको आरोप छ । जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी विष्णुप्रसाद सोतीको नम्बरमा बारम्बार सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय