गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ बिक्रि वितरण तथा सेवन गर्न नि षेध गरेको छ ।
यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचन, स्वच्छ, भयरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न यहि वैशाख २७ गते देखि निर्वाचनको अन्तिम परिमाण घोषणा नभए सम्म गुल्मी जिल्लाभर मादक पर्दाथ बिक्रि वितरण गर्न तथा सेवन गर्न यस्तो सूचना प्रकाशन गरेको छ ।
यो पनि पढ्नुहोस् – काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल, उम्मेदवार र कायर्कता प्रचारप्रसारमा जुटेका छन् । साथै निर्वाचन आयोगले मतपत्र छपाईको काम तीव्र पारिरहेको छ ।
निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली प्रकाशित गरेको छ । यसअन्तर्गत स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ ।

यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए/नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न तलको लिंकमा किलिकगर्नुहोस् https://election.gov.np/np/page/voter-list-db
यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।
तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितकाे मतदाता परिचयपत्र देखिनेछ ।