काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल, उम्मेदवार र कायर्कता प्रचारप्रसारमा जुटेका छन् । साथै निर्वाचन आयोगले मतपत्र छपाईको काम तीव्र पारिरहेको छ ।


निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुरा भएका मतदाताको नामावली प्रकाशित गरेको छ । यसअन्तर्गत स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ ।

यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए/नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न तलको लिंकमा किलिक
गर्नुहोस् ।

https://election.gov.np/np/page/voter-list-db

यो लिंकमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरुको विवरण देखिनेछ ।

तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितकाे मतदाता परिचयपत्र देखिनेछ । – टेकपाना

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here