काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहित २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ ।


नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेशपछि सम्बोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए। ‘म २०३६ सालदेखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भने, ‘०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा म मालेतिर लागे।

। दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आवद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यहि पार्टीमा लागेँ । तर, त्यो पार्टीले वामआन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’

उनले अहिले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ केवश स्थापितको टिमलाई जिताउन हिँड्ने बताए। सोमबार एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटीमा आवद्ध रहेका छन् माओवादीको साधारण सदस्य रहेका थिए।

केही दिन अघि मात्रै पनि नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि नेकपा (एमाले) प्रवेश गरेका छन्।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here